• २०८१ बैशाख १४ शुक्रबार

ब्राजिलियन विंगर राफिन्हालाई बार्सिलोनाले भित्र्यायो

kharibot

काठमाडौँ । बार्सिलोनाले २५ बर्षिय ब्राजिलियन विंगर राफिन्हालाई भित्र्याएको छ । बार्सिलोनाले राफिन्हालाई प्रिमियर लिग क्लब लिड्स युनाइटेडबाट भित्र्याएको हो ।

बार्सिलोनाले सैद्धान्तिक सहमति भएपनि राफिन्हाको मेडिकल बाँकी रहेको उल्लेख गरेको छ  । बार्सिलोनाले राफिन्हाका लागि कुल ६७ मिलियन युरो तिरेको छ । गतबर्ष फेब्रुअरीमै बार्सिलोना आउने तयारीमा रहेका राफिन्हाले चेल्सीलगायतका क्लबको अफर छोडेर बार्सिलोना गएका छन् ।

उनले बार्सिलोनामा जुन २०२७ सम्मको लागि सम्झौता गरेका छन् । लिड्स युनाइटेडमा दुई सिजन खेलेका राफिन्हाले ६७ खेलमा १७ गोल गरेका छन् । यस  सिजनमा राफिन्हाले लिड्सका लागि ३६ खेलमा ११ गोल गरेका थिए भने उनले लिड्सलाई रेलिगेसनबाट बचाएका थिए ।

राफिन्हाले लिड्सअघि फ्रेन्च क्लब रेन्नेज र पोर्चुगीच क्लब स्पोर्टिंग सिपिबाट खेलिसकेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै