• २०८१ जेठ ६ आइतबार

बोक्सी आरोपमा कुटपिट गर्ने अपराधीलाई ८ वर्ष जेल हाल्छौं  : मन्त्री थापा 

kharibot

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्ने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल हाल्ने स्पष्ट पारेकी छिन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले घट्नामा संलग्नहरुलाई कठोरभन्दा कठोर सजाय दिने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल हाल्ने  बताएकी हुन् । उनले भनिन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीजीज्यूले प्रत्यक्ष निर्देशन दिनुभएको छ, दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ।’ उनले आफूले मन्त्रालयका सह–सचिवको नेतृत्वमा विशेष टोली पनि चाँडै घट्नास्थलमा पठाउन लागेको सुनाईन् । 

साक्षात्कारमा बोल्दै उनले समाजका देखिएका यस्ताखाले कुसंस्कार, कुरीति, अन्धविश्वास हटाउनको लागि सबैले आफ्नो ठाउँबाट विशेष भूमिका निर्वाह गर्नुपर्ने बेला आएको पनि सुनाईन् । 

उनले भने,‘हामीले सामाजिक अन्धविश्वासको विरुद्धमा सशक्त अभियान चलाउनुपर्छ, अपराधीलाई पक्राउ गर्ने, कारबाही गर्ने भनेरमात्रै हुँदैन, घट्ना नै हुन नदिनेगरि हामीले अब कदम चाल्नुपर्छ, वर्तमान सरकार यो विषयमा निकै गम्भिर छ।’

वर्तमान सरकार आर्थिक समृद्धिको लागि प्रतिबद्धत रहेकोले सोही अनुसार सरकारले काम गर्ने उनको भनाई थियो । उनले भनिन्,‘हामी जनताको पक्षमा काम गरेर देखाउँछौं, हाम्रो समाजमा अहिलेपनि महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिएको छ, यो चलनलाई अब अन्त्य गर्छौं।’

कैलाली घट्ना गम्भिर प्रकृतिको भएकोले यो विषयमा सरकारले आवश्यक निर्देशन दिईसकेको उनले बताईन् । उनका अनुसार अहिलेसम्म तीन जना अपराधीलाई पक्राउ गरिएको छ । उनले उक्त नगरपालिकाका मेयरलाई पनि कडा कारबाही गरिने जानकारी दिईन् । उनले भनिन्,‘सरकारले पनि कडा कारबाही गर्छ, जहाँसम्म स्थानीय निकायका प्रमुख एमालेकै प्रतिनिधि भएकोले उनीहरुलाई पनि पार्टीले कडा कारबाही गर्छ।’

उक्त घट्नाकी पीडितलाई सरकारले उचित संरक्षण गर्ने मन्त्री थापाले विश्वास दिलाईन् । पीडित चौधरी अहिले अस्पतालबाट बाहिर आएर गेष्ट हाउसमा बसिरहेको र त्यहीँ भेटवार्ता जारी रहेको पनि थापाले सुनाईन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै