प्योङयाङसँग वार्ताका लागि थप शर्त राख्नु हुँदैन : अमेरिकी गुप्तचर अधिकारी

खरीबोट

फाइल तस्बिर

ad

वासिङ्टन । अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका लागि उत्तर कोरियालाई थप नयाँ शर्त तेर्साउनु नहुने बताएका छन् । 

उनले वार्तामा रहेका जोखिमप्रति राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको बताए । अमेरिकी फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै उनले भने, ‘वार्ता नाटकका लागि नभई’ समस्या समाधान गर्न गरिन लागेको पोम्पेओको दावी छ । 

पोम्पेओले भने, राष्ट्रपति ट्रम्पले शिखर बैठकले ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्नेछन् । 
तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

क्लिनटनको आलोचना 

अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्वअमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले एक दिन पहिले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताएका छन् । 

उनले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कूटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताए । 

पूर्वविदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भने, ‘यदि तपाईं किम जोङ अनसँग आणविक हतियारका विषयमा वार्ता गर्न चाहन्छ भने अनुभवी कूटनीतिज्ञको खाँचो छ ।’ क्लिन्टनले पछिल्लो समय अमेरिकी विदेश विभागलाई कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली विषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ भने । 

यसपूर्व संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत बिल रिचार्डसनले पनि उत्तर कोरियासँग वार्ता गर्ने कुरा ‘टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो’ नभएको भन्ने प्रतिक्रिया दिएका छन् । 

यो वास्तविक मौका हो । मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहीनता देखेर दुःख लागेको छ, रिचार्डसनले यसै सन्दर्भमा गत शुक्रबार वार्तामा बताए । प्योङयाङसँगको वार्ता एक तरङ्गी नेतासँग गरिने वार्ता हो जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ ।’

सम्बन्धित समाचार

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ स्थिर

काठमाडौँ । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ

अमेरिका-चीनबीच तनाव बढ्ने संकेत, अमेरिकी राजदुतलाई बेजिङमा सोधपुछ 

बेइजिङ, चीन। चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ ।  रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे

चीनद्वारा अमेरिकी सामानमा ६० अर्ब डलरको करवृद्धि

बेइजिङ, चीन। अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : चिनियाँ विदेश मन्त्रालय  

बेइजिङ, चीन । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश