• २०८१ जेठ २ बुधबार

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

kharibot

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरा हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो ।

शुक्रबार रातिदेखि पहिराले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो ।

पहिरा हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै