बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

खरीबोट
ad

गुल्मी । बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ । 

आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की छ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । 

घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछि मात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । 

घटना लगत्तै आज बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि दर्जीलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ । 

पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।

सम्बन्धित समाचार

आफ्नै नवजात शिशुको हत्या अभियोगमा आमा पक्राउ

बेत्रावती। आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।  शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका

१० वर्ष सजाय पाएका फरार अपहरणकारी लामा पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन पुनरावेदन अदालत पाटनबाट १० वर्ष कैद र ५० हजार जरिवाना पाएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  प्रहरीले सिन्धुपाल्चोकका भरत भन्ने

 संविधान दिवसको विरोध गर्ने २० जना पक्राउ

परासी।  संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।  गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २०

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर। मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।  राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब