चितवनमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

खरीबोट
ad

रत्ननगर । रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । 

सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आज दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए । 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएपनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन् ।

सम्बन्धित समाचार

उदयपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा बुधबार बिहान आएका तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय

हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

चितवन / चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ ।  ‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको

बारामा जंगली हात्तीको आक्रमण, एक जना वृद्धको ज्यान लियो

बारा । बारामा जंगली हात्तीले आक्रमण गर्दा एक जना वृद्धको ज्यान लिएको छ । मृत्यु हुँनेमा निजगढ नगरपालिका वडा नं.११ रतनपुरीका ६५ वर्षिय ईन्द्र बहादुर थिङ्ग रहेका छन् ।  गर्मीका कारण

खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ / देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए÷नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको देखाउने दाँत मात्र बनेको छ ।  मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका क्रममा दाताले