• २०८१ जेठ १ मंगलबार

रेनाटो सान्चेज पिएसजी जादै

kharibot

काठमाडौँ । पोर्चुगलका २४ बर्षिय मिडफिल्ड रेनाटो सान्चेज पिएसजी जाने भएका छन् ।

सान्चेजलाई पिएसजीले १५ मिलियन युरो तिरेर फेन्च क्लब लिलेबाट भित्र्याउने अन्तिम तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पिएसजी र लिलेबीच सान्चेजका बारेमा सहमति भइसकेको र छिट्टै सम्झौता बारे घोषणा हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सान्चेजले लिलेबाट ९१ खेल खेलेका छन् भने ७ गोल पनि गरेका छन् । उनी लिलेमा रहदा २०२०-२१ सिजनको फ्रेन्च लिग र २०२१ को फ्रेन्च सुपरकप जितेका थिए ।

सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमका लागि अहिलेसम्म ३२ खेल खेलेका छन् भने ३ गोल पनि गरेका छन् । २०१६ मा पोर्चुगलले युरोकप जित्ने टिममा सान्चेज पनि रहेका थिए ।    

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै