• २०८१ बैशाख १४ शुक्रबार

३८ अंकले घट्यो नेप्से

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । विहिबार सेयर बजार ३८.६१ अंकले घटेको छ । आज नेप्से ३८.६१ अंकले घटेर बजार २१४८.१६ बिन्दुमा पुगेको छ । 

त्यस्तै आज ३ अर्ब ७६ करोड ८० लाखको कारोबार भएको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ८.२५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५० र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७२ अंकले घटेको छ ।

त्यस्तै विहिबार २१५ कम्पनिको ८५ लाख ६९ हजार ५ कित्ता शेयर कारोबार हुदा कुल ३ अर्ब ७६ करोड ८० लाखको कारोबार भएको छ ।

त्यसैगरी आज बलेफी हाइड्रोको शेयर मुल्यमा सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने सामलिंग पावरको शेयर मुल्य ५.३९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज युनाइटेड मादीको शेयर मुल्य सबैभन्दा बढी ९.५२ प्रतिशतले घटेको छ  ।

आज कारोबार भएका कम्पनिहरुमा शिभम सिमेन्टको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज २५ करोड २२ लाखको कारोबार भएको छ भने हिमालयन डिष्ट्रीलरको १३ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै