• २०८१ जेठ २ बुधबार

पिएसजीले रेनाटो सान्चेजलाई भित्र्यायो

kharibot

काठमाडौँ । पोर्चुगलका २४ बर्षिय मिडफिल्ड रेनाटो सान्चेजलाई पिएसजीले भित्र्याएको औपचारिक घोषणा गरेको छ ।

सान्चेजलाई पिएसजीले १५ मिलियन युरो तिरेर फेन्च क्लब लिलेबाट भित्र्याएको हो ।

सान्चेजको पिएसजीका प्रशिक्षक क्रिष्टोफे गाल्टेइयरसँग दोस्रो पटक खेल्दैछन् । उनले लिलेमा प्रशिक्षक क्रिष्टोफेको प्रशिक्षणमा खेलेका थिए ।

सान्चेजले पिएसजी भित्रिएपछि आफुले सहि निर्णय गरेको प्रतिक्रिया दिएका छन् । उनले आफुले फ्रेन्च लिग बुझेको बताउदै आफ्नो लागि पिएसजी उत्कृष्ट क्लब रहेको बताएका छन् ।

सान्चेजले लिलेबाट ९१ खेल खेलेका छन् भने ७ गोल पनि गरेका छन् । उनी लिलेमा रहदा २०२०-२१ सिजनको फ्रेन्च लिग र २०२१ को फ्रेन्च सुपरकप जितेका थिए ।

सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमका लागि अहिलेसम्म ३२ खेल खेलेका छन् भने ३ गोल पनि गरेका छन् । २०१६ मा पोर्चुगलले युरोकप जित्ने टिममा सान्चेज पनि रहेका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै