• २०८१ बैशाख १४ शुक्रबार

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

kharibot

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् ।  प्रधानसेनापति शर्मा अष्ट्रेलियाको औपचारिक भ्रमण पुरा गरेर शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।

प्रधानसेनापति शर्माले भ्रमणको क्रममा अष्ट्रेलियाको सिड्नीमा आयोजित एनुअल चिफ्स अफ डिफेन्स कन्फेरेन्स-२०२२ मा सहभागी भएका थिए । प्रधानसेनापति शर्माले अस्ट्रेलियामा ९ दिन बिताएका थिए ।

सो कन्फेरेन्समा प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए । 

प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । साथै, उनको सम्मानमा आइतबार जङ्गी अड्‍डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । 

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै