• २०८१ बैशाख १५ शनिबार

साविक विजेता सिटीले वेष्ट ह्यामको सामना गर्दै

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग २०२२–२३ फुटबलमा आज (आइतबार) राति  तीन खेलहरु हुँदैछन् । राति पौने सात बजे सुरु हुने खेलमा लेष्टर सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ । यता, सोहि समयमा म्यानचेष्टर युनाईटेडले ब्राइटनको चुनौती सामना गर्नेछ । 

यस्तै, राति पौने १० बजे सुरु हुने खेलमा साविक विजेता म्यानचेष्टर सिटीले वेष्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । 

गत सिजन शीर्ष स्थानमा रहँदै उपाधि जितेको सिटी सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । यस सिजन एर्नेष्ट हल्यान्डसहित चार खेलाडीलाई अनुबन्ध गरेको सिटी बलियो स्थितिमा  छ । 

गत सिजन सिटीले लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको थियो । अघिल्लो रात भएको खेलमा चेल्सी र टोटनहमले जित निकाल्दा साविक उपविजेता लिभरपुल भने रोकियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै