• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज भारतले ४-१ ले जित्यो

kharibot

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम तथा पाँचौ खेल भारतले ८८ रनले जितेसँगै सिरिज ४-१ ले जितेको हो ।

भारतले दिएको १८९ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १५.४ ओभरमा अलआउट हुदै १०० रन मात्र बनाएको थियो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

यस खेलमा भारतका नियमित कप्तान रोहित शर्मा खेलेका थिएनन् भने उनको ठाउमा हार्दिक पाण्डेयले भारतको कप्तानी गरेका थिए ।

फाइनल खेलमा ३ विकेट लिएका अक्सर पटेल प्लेयर अफ द म्याच बने भने सिरिजमा ७ विकेट लिएका अर्शदीप सिंह प्लेयर अफ द सिरिज बनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै