• २०८१ बैशाख १५ शनिबार

बेलायतको प्रधानमन्त्रीको दौडमा ट्रस अगाडी, सुनक पिछडिए

kharibot

 काठमाडौँ । बेलायतको नयाँ प्रधानमन्त्री पदका लागि ऋषि सुनक र लिज ट्रसबीचको प्रतिस्पर्धा चर्किएको छ । सुरुमा सुनकलाई आफ्नो कन्जरभेटिभ पार्टीका १३७ सांसदको समर्थन थियो । लिज ट्रसले मात्र ११३ सांसदको समर्थन जुटाउन सकेकी थिइन् । अब कन्जरभेटिभ पार्टीका करिब २ लाख स्थायी सदस्यले फाइनलमा मतदान गर्नेछन् । त्यसपछि मात्र नयाँ प्रधानमन्त्री चयन हुनेछ ।

पार्टीका ९६ प्रतिशत स्थायी सदस्य गोरा छन् । कन्जरभेटिभ पार्टीले भर्खरै गरेको युगोभ पोलले ट्रसलाई सुनकमाथि २८ प्रतिशतको अग्रता दिएको छ । ट्रसले ५८ प्रतिशत मत पाएकी छन् भने सुनकले ३० प्रतिशत मात्रै मत पाएका छन् । सुनक पार्टीका स्थायी सदस्यको समर्थनमा पछि परेको देखिन्छ । आगामी दिनमा पनि सुनक र ट्रसबीचको भिन्नता यथावत रहने राजनीतिक विज्ञहरुको भनाइ छ । अर्को सर्वेक्षण अनुसार प्रत्येक १० पार्टीका ६ जना सदस्य ट्रससँग छन् ।

सुनकको छवि जोन्सनको सिंहासन हडप्ने नेताको रूपमा बनेको विश्लेषण गरिएको छ ।

अब सुनक र ट्रस कन्जरभेटिभ पार्टीका सदस्यहरूबीच भोट माग्न लागेका छन् । यसलाई हेस्टिङ्स भनिन्छ । एक्सेटर, कार्डिफ र ईस्टबोर्नमा यस्तो हतारमा, पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई धोका दिएर सत्ता कब्जा गर्न चाहने नेताको रूपमा सुनकको छवि पार्टीका सदस्यहरूमा सिर्जना भइरहेको छ ।

यद्यपि कन्जरभेटिभ पार्टीका सदस्यहरूले आफ्नो विचार खुलेर सार्वजनिक गरिरहेका छैनन् । तर पनि सदस्यहरुले सुनकलाई जोनसनको शक्ति गुमाउनुको मुख्य कारण मानेका छन् । सुनकले राजीनामा दिएर जोनसनविरुद्ध विद्रोह सुरु गरेका थिए । धेरैजसो पार्टीका सदस्यहरूले जोनसनको गल्तीलाई उनको पतनको कारण ठान्दैनन् । यसका लागि उनीहरुले ऋषि सुनकलाई दोष दिएका छन् ।

२१ प्रतिशत गोरा सदस्यहरू अर्थोडक्स इङ्लिस हेरिटेज ट्रस्टका हुन्, सुनकका लागि उनीहरूलाई मनाउने चुनौती रहेको बताइन्छ ।

कन्जरभेटिभ पार्टीका ९६ प्रतिशत गोरा सदस्यमध्ये २१ प्रतिशत कन्जरभेटिभ इङ्लिस हेरिटेज ट्रस्टका छन् । उनीहरुबाट सुनकले समर्थन पाउन मुस्किल छ । सांसदको समर्थनपछि सुनकको पछि पर्नुको वास्तविक कारण यी गोरा सदस्य रहेको विज्ञहरू बताउँछन् । कन्जरभेटिभ पार्टीका ६८ प्रतिशत सदस्य ५० वर्षभन्दा माथिका छन् । यी मध्ये धेरैले गोरा उम्मेदवारलाई मात्र भोट दिन रुचाउँछन् ।

सुनकले बेलायतको लागि सबैभन्दा ठूलो सुरक्षा खतरा र चुनौती चीन हो भन्ने विश्वास गर्छन् । उनले देशका सबै ३० कन्फ्युसियस संस्थानहरू बन्द गर्ने वकालत गर्छन । साथै चीन-युके अनुसन्धान साझेदारीको समीक्षा गर्ने बताएका छन् ।

अर्कोतर्फ ट्रसले बेलायतले चीनमाथिको निर्भरता घटाउनुपर्ने वकालत गर्दै आएकी छन् । देशका महत्वपूर्ण पूर्वाधार आयोजनाका लागि चीनमाथिको निर्भरता बन्द गर्ने उनले बताएकी छन् । व्यापार र लगानीबाट राष्ट्रमण्डललाई चीनभन्दा बलियो बनाउन चाहेको उनले बताएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय