• २०८१ बैशाख १४ शुक्रबार

डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ

kharibot

प्रतिनिधि तस्बीर

धनगढी । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । 

बझाङ स्थायी घर भएका उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै