• २०८१ बैशाख १४ शुक्रबार

मनोज प्रभाकर बने राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पुर्व अलराउन्डर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि पुबुदु दसानायकेले प्रशिक्षकबाट राजीनामा दिएपछि प्रशिक्षक  पद खालि रहेको थियो ।

प्रभाकरले भारतकालागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले यस अघि २०१६ मा अफगानिस्तान राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।

प्रभाकरलाई सन् १९९९ मा म्याच फिक्सिङको आरोप लागेको थियो । त्यसपछि उनलाई क्रिकेट खेल्नबाट ६ बर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै