• २०८१ बैशाख २७ बिहीबार

बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

kharibot

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।

दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो ।  

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् ।

उनले भने, “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।” 

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । “त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ”, कँडेलले भने।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै