• २०८१ जेठ ५ शनिबार

फिनल्याण्डकी प्रधानमन्त्रीको रक्सी पिएर नाचिरहेको भिडियो भाइरल

kharibot

काठमाडौँ । फिनल्याण्डकी युवा प्रधानमन्त्री सन्ना मारिन नयाँ विवादमा परेकी छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो क्लिप सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ ।

भिडियो लीक भएपछि सन्ना विपक्षी दलको निशानामा परेकी छन् । विपक्षी दलहरूले प्रधानमन्त्री मरिनले साथीहरूसँग लागुऔषध सेवन गरेको आरोप लगाएका छन् । विपक्षी दलले उनको राजीनामा माग गर्दै आएका छन् ।

जानकारी अनुसार घटना गत बुधबारको हो । मारिनले आफ्ना साथीहरूसँग मदिरा सेवन गरेको स्वीकार गरेकी छिन् तर ड्रग्स सेवन नगरेको बताएकी छन् । प्रधानमन्त्री मरिनले विपक्षीलाई चुनौती दिँदै आफू लागूऔषध परीक्षणका लागि तयार रहेको समेत बताएकी छन् ।

यस विषयमा फिनल्याण्डका प्रधानमन्त्रीले आफ्नो स्पष्टीकरणमा भनेका छन्, ‘हाम्रो भिडियो बनाइएको कुरा मलाई थाहा थियो तर सार्वजनिक भएकोमा दुःख लागेको छ । तर, हामीले कुनै गल्ती गरेका छैनौं । हामीले पार्टी गर्यौं, नाच्यौं र गाउँदै पनि गयौं । यी सबै पूर्ण कानुनी कुरा हुन् ।'

लागुऔषधको आरोपमा उनले आफू परीक्षणका लागि तयार रहेको बताइन् । ‘मैले आजसम्म लागु औषध सेवन गरेकी छैन । भिडियोमा पनि हामीले त्यस्तो केही गरेको देखिँदैन । न त म कुनै लागुऔषध दुरुपयोगकर्तालाई चिन्छु ।'

अहिले यो भाइरल क्लिपको बारेमा उनले आफ्नो व्यवहारमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनी सधैं जस्तै रहिरहनेछन्। यो भिडियो सार्वजनिक भएपछि मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यो घटनालाई सामान्य भनेका छन् भने कतिपयले साना मरिन फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको बताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले आफ्नो पारिवारिक जीवन र व्यावसायिक जीवन रहेको भन्दै आफ्नो बचाउ गरेकी छन् । 

मरीन २०१९ मा ३३ बर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनेर विश्वकै कम उमेरको प्रधानमन्त्री बनेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै