• २०८१ बैशाख १७ सोमबार

नारायणमान बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो । 

गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये नारायणमान जेठा छोरा हुन् । हस्तान्तरण कार्यक्रममा बिजुक्छें दाजुभाईइका कान्छो भाई एवं भक्तपुर नगरपालिका-५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेंले भीमसेन सतलको इतिहासबारे बताएका थिए । सत्तललाई जाेडेर विपक्षीले सधैं राजनीतिक मुद्दा बनाएको र अब उनीहरूले त्यो मुद्दा बनाउन नसक्ने बताए । विविध कारणले पहिलादेखि नै उक्त सतल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएको उनले बताए ।

सत्तल हाल भक्तपुर नगरपालिका-५ सुकुलढोकामा पर्छ । यहाँ पहिला भीम आदर्श निम्न माध्यमिक विद्यालय रहेकोले यस स्कुललाई भीम आदर्श स्कुलको सत्तल भनी धेरै चिन्दछन् । सतल दुई कितामा विभाजित छ । दुवै कित्ताको सतल हस्तान्तरण गरिएको हो । एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल छ । 

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकामा हस्तान्तरण गरिएको सतलको इतिहासबारे थपअनुसन्धान गरी आवश्यकताअनुसार संरक्षण गर्ने वचन दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै