• २०८१ बैशाख २५ मंगलबार

ला लिगामा रियल म्याड्रिडको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले इस्पेनियोललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियोललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले २ गोल गरेका थिए भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

त्यस्तै इस्पेनियोलका लागि एक गोल जोसेलुले गरेका थिए ।

यस सिजनको ला लिगामा रियल म्याड्रिडको यो लगातार तेस्रो जित हो । यो जितपछि रियल म्याड्रिडको ३ खेलमा ९ अंक भएको छ । त्यस्तै इस्पेनियोलले भने यस सिजनमा दोस्रो हार बेहोर्दै ३ खेलमा १ अंक मात्र हासिल गरेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै