• २०८१ बैशाख २५ मंगलबार

भदौ २३ देखि फर्निचर तथा फर्निसिङ एक्स्पो

kharibot

काठमाडौँ । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ । 

यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले जनाएको छ । एक्स्पोमा भान्सा, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइनको प्रदर्शनी हुनेछ । एक्स्पोमा एक सयभन्दा बढी कक्ष रहनेछन् ।

एक्स्पोमा एक लाखले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका महासचिव अर्जुन घिमिरेले बताए । एक्स्पोका संयोजक ओम बस्नेतले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुलाई विस्थापन गर्ने उद्देश्यका प्रदर्शनी आयोजना गरिएको बताए । एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादन राखिने छ । सङ्घले सन् २०१२ देखि वर्षेनी फर्निचर तथा फर्निसिङ सामग्री बृहत् मेला आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै