• २०८१ जेठ ३ बिहीबार

युएस ओपनको तेस्रो चरणबाट बाहिरिइन् सेरेना

kharibot

काठमाडौँ । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपनको तेस्रो चरणबाट बाहिरिएकी छन् ।

शनिबार सम्पन्न खेलमा सेरेनालाई अस्ट्रेलियाकी अज्ला टोम्लजनोभिकले तीन सेटको खेलमा २-१ ले पराजित गरेकी हुन् । अज्लाले पहिलो सेट ७-५ ले जितेकी थिइन् भने दोस्रो सेटमा सेरेनाले कमब्याक गर्दै ७-६ ले जितेकी थिइन् । त्यस्तै तेस्रो सेटमा अज्लाले ६-१ जित्दै सेरेनालाई युएस ओपनको बाहिरको बाटो देखाएकी थिइन् ।

२३ ग्रान्ड स्लाम विजेता सेरेना युएस ओपनबाट बाहिरिएसँगै उनको टेनिस क्यारियरको यो अन्तिम खेल भएको विश्लेषण गरिएको छ । अघिल्ली महिना सेरेनाले टेनिसबाट सन्यास लिने संकेत दिएकी थिइन् ।

सेरेनाले यस खेलपछि फेरी टेनिस खेल्ने विषयमा स्पष्ट जवाफ भने दिएकी छैनन् । उनले फेरी टेनिस खेल्ने विषयमा सोधिएको प्रश्नमा भनिन्- 'मलाई लाग्छ त्यो हुदैन, तर भन्न सकिन्न, अहिले मलाई थाह छैन ।'

उनले अघिल्लो महिना भोग म्यागजिनमा आफ्नो लागि अन्य विषय अब प्राथमिकतामा रहेकोले टेनिसबाट टाढा हुन खोजेको लेखेकी थिइन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै