• २०८१ जेठ १ मंगलबार

१२ सय ४१ जना विद्यार्थी चालकमाथि कारवाही

kharibot

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारवाही गरिएको हो । 

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज विहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङ्गमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तिव्र गतिमा  जिगज्याग चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरि ३९ जना विद्यार्थी चालकलाई कारवाही गरिएको हो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै