• २०८१ जेठ २ बुधबार

स्वीआन्टेकले जितिन् युएस ओपनको उपाधि

kharibot

काठमाडौं । इगा स्वीआन्टेकले आइतबार ओन्स जुबेरलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन् ।

विश्व नम्बर एक पोल्याण्डकी २१ बर्षिया स्वीआन्टेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६–२,७–६ र ७–५० को जित निकालिन् । 

यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वीआन्टेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन् । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो ।

सन् २०१६ मा एन्जेलीक्यु कार्बेरपछि एकै वर्ष दुई ग्रान्ड स्लामको जित्ने स्वीआन्टेक पहिलो महिला खेलाडी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै