• २०८१ जेठ ४ शुक्रबार

नेविसंघद्वारा राष्ट्रपतिको विरोध, त्रिचन्द्र अगाडी प्रदर्शन

kharibot

काठमाडौँ । नेविसंघले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्दै प्रदर्शन गरेको छ ।

आइतबार बिहान राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले पुत्ला दहन गरेको थियो ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि क्याम्पसभित्र रहेका विद्यार्थीलाई प्रहार गरेको थियो ।

दोस्रो पटक प्रमाणीकरणका लागि नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै