• २०८१ बैशाख १४ शुक्रबार

१० वर्षपछि दोस्रो सन्तानको पिता बने दयाहाङ

kharibot

काठमाडौँ । अभिनेता दयाहाङ राई छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रवार विहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

उनीहरुको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्मिएको १० वर्षपछि बेनुका र दयाहाङ दोस्रो पटक आमा-बुबा बनेका हुन् । दयाहाङ र बेनुका २०६५ सालमा वैवाहिक जीवनमा बाँधिएका थिए भने २०६९ सालमा उनीहरु छोराको आमा-बुबा बनेका थिए । 

फिल्मको कुरा गर्दा दयाहाङ अभिनीत दुई नयाँ फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ प्रदर्शनको क्रममा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै