• २०८१ बैशाख १४ शुक्रबार

पोर्चुगललाई हराउदै स्पेन नेसन्स लिगको फाइनल चरणमा

kharibot

काठमाडौँ । स्पेन पोर्चुगललाई हराउदै युइएफए नेसन्स लिगको फाइनल चरणमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको फाइनल चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ८८औ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि स्पेन समुह ए २ मा ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहदै फाइनल चरणमा पुगेको हो ।

योसँगै युइएफए नेसन्स लिगको फाइनल चरणको समीकरण पुरा भएको छ । 

अब सेमिफाइनलमा नेदरल्याण्डस, क्रोसिया, इटाली र स्पेन खेल्ने छन् । पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोसिया अर्को बर्षको जुन १४ मा खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा इटाली र स्पेन अर्को बर्षको जुन १५ मा खेल्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै