बल टेम्परीङ प्रकरण : स्टिभन स्मिथलाई एक खेलको प्रतिबन्ध तथा सतप्रतिशत म्याच फि जरिवाना 

खरीबोट

काठमाडौं । आइसीसीले अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथलाई एक टेस्ट खेलमा प्रतिबन्ध र जारी खेलमा सतप्रतिशत म्याच फि जरिवाना गरेको छ । 

साथै अस्ट्रेलियन खेलाडी क्यामरुन बेंकरफ्टलाई खेलको ७५ प्रतिशत म्याच फि जरिवाना गरिएको छ भने आइसीसीको रेकर्डमा डीमेरिट अंक दिइएको जनाएको छ ।

आसीसीले जारी गरेको विज्ञप्तिमा दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार बल बिगार्ने सामुहिक निर्णय गरेर आसीसीको नियम २.२.१ अनुसार कारवाही गरेको उल्लेख गरेको छ । 

स्मिथले बल बिगार्ने प्रक्रिया (बल टेम्परीङ) मा सहभागी भएको र वरिष्ठ खेलाडी हरुको सल्लाहमा यस्तो गरेको स्वीकार गरेपछि आसीसीले सो कारवाहीको घोषणा गरेको हो ।

यता अस्ट्रेलियन क्रिकेट बोर्डले आजै देखि लागु हुने गरी कप्तान स्मिथ र उपकप्तान डेभिड वार्नरलाई हटाएर टिम पेनलाई कार्यवाहक कप्तान बनाएको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको चौथो दिन स्मिथ टिम पेनको कप्तानीमा खेल्ने पनि अस्ट्रेलियन किर्केट बोर्डले जानकारी गराएको छ ।

     
 

सम्बन्धित समाचार

विराट कोहलीले एकदिवसीय क्रिकेटमा बनाए ३९औ शतक

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३९औ शतक प्रहार गरेका छन् ।  अस्ट्रेलियाविरुद्ध भैरहेको दोस्रो एकदिवसीय खेलमा विराटले एकदिवसीय खेलको आफ्नो ३९औ शतक पुरा गरेका हुन् । कोहलीले

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लिन स्विप 

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ । टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो

युएईलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनलमा  

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।युएईले दिएको १०६ रन पछाएको नेपालले १९

हार्दिक र राहुलको ठाउमा शुभम र विजय भारतीय टिममा 

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा पराजित भएको भारतीय क्रिकेट टिममा हाल टिभी शोका कारण विवादमा फसेका हार्दिक पाण्डेय र केएल राहुलको ठाउमा युवा खेलाडी शुभम गील र विजय शंकरलाई


z