• २०८१ बैशाख ७ शुक्रबार

सी जिनपिङले चीनलाई कता लैजादैछन् ?

kharibot

काठमाडौँ । आइतवार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन उद्घाटन गर्ने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको भाषणलाई विश्वले अझै बुझ्ने प्रयास गरिरहेको छ । आफ्नो लामो सम्बोधनमा ६९ वर्षीय सीले चीनले सामना गर्ने लगभग सबै प्रमुख मुद्दाहरूबारे चर्चा गरे । उनले चीनको अर्थतन्त्रका साथै अन्तर्राष्ट्रिय चुनौतीका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । यस क्रममा उनले देशमा रहेको आर्थिक असमानता घटाउने उद्देश्य राखेको ‘साझा समृद्धि’ को अवधारणाको विशेष उल्लेख गरे ।

सी जिनपिङको भाषणको आधारमा अन्तर्राष्ट्रिय विज्ञहरूले अब चिनियाँ सरकारको प्राथमिकता घरेलु अर्थतन्त्रमा परिवर्तन हुने भविष्यवाणी गरेका छन् । साथै बढ्दो भूराजनीतिक तनावको बीचमा देशको सुरक्षालाई पनि विशेष प्राथमिकता दिनेछ ।

अमेरिकाको युनिभर्सिटी अफ मिशिगनका राजनीतिक समाजशास्त्री लिउ जुन्डाईले भनेका छन्- 'सीको भाषणले शिष्ट भाषामा कडा अडान व्यक्त गरेको छ । उनको सम्बोधन पाँच वर्षअघि भएको सीपीसी कांग्रेसमा दिएको भाषणभन्दा फरक थियो । यसको कारण यस बीचमा चीनमा बढेको समस्या र गहिरो अनिश्चितता हो ।'

सांघाईस्थित राजनीतिक विश्लेषक ड्यान म्याक्लिनले यस पटकको भाषणमा सीले आफ्नो दश वर्षको शासनकालका उपलब्धिहरूलाई प्रकाश पारेको बताए । यी उपलब्धिहरूले सीपीसीको मुक्तिदाताको रूपमा सीको छविलाई निम्त्याएको छ । यस पटक उनले सुरक्षा र द्वन्द्वको बारेमा थप उल्लेख गरे । जबकी उनी सपनाको बारेमा कम बोल्थे ।

ड्यानले वेबसाइट 'निकीएसिया डट कम' लाई भने, सिपिसी आर्थिक र कूटनीतिक मोर्चाहरूमा बढ्दो चुनौतीहरूको लागि आफूलाई तयार गरिरहेको प्रारम्भिक संकेतहरू छन् । त्यसैले अब आर्थिक विकासभन्दा राजनीति र सुरक्षालाई बढी प्राथमिकता दिइने सम्भावना छ ।

एचएसबीसी बैंकको चीन शाखाका अर्थशास्त्री जिङ लिउ र एरिन सिनका अनुसार सीले चीन हरेक क्षेत्रमा आधुनिक समाजवादी देश बन्ने दिशामा अघि बढ्ने भविष्यवाणी गरेका छन् । यसले आर्थिक क्षेत्रमा गुणस्तरीय विकासमा जोड दिनेछ । अर्थात् प्राविधिक आविष्कार र हरित विकासमा बढी जोड दिइनेछ । दुवै अर्थशास्त्रीहरूका अनुसार चीनको अर्थतन्त्र अहिले परिवर्तनको अवधिमा छ । यसको केन्द्रमा, परम्परागत पूर्वाधार निर्माणलाई सम्पत्तिमा आधारित विकासले प्रतिस्थापन गर्दैछ ।

अमेरिकास्थित सिटी बैंकको अनुसन्धान शाखाले सीको भाषणको निरन्तर विश्लेषणमा चीनले अब थप व्यावहारिक दृष्टिकोण अपनाइरहेको बताएको छ । शून्य कार्बन उत्सर्जनमा जोड दिए पनि कोइला चीनको लागि ऊर्जा आपूर्तिको प्रमुख स्रोत बन्नेछ भन्ने सीको भाषणमा विश्लेषणले ध्यानाकर्षण गराएको छ ।

जापानको बैंक नोमुराले भनेको छ, सीले पाँच वर्ष अघिको सम्बोधनमा भन्दा धेरै पटक आधुनिकीकरण, सुरक्षा र जनता शब्दहरू उल्लेख गरे । जबकि सुधार, अर्थतन्त्र, आविष्कार आदि उनको भाषणमा कम उल्लेख गरिएको थियो । यो सीपीसीको दृष्टिकोणमा परिवर्तनको संकेत हो ।

अमेरिकी बैंक गोल्डम्यान साक्सले पनि यस्तै धारणा राखेको छ । ग्रो इन्भेस्टमेन्ट ग्रुपका प्रमुख अर्थशास्त्रीले भनेका छन्,  चीनले सबैभन्दा बढी उल्लेख गरेका शब्दहरू जनता, विकास, सुरक्षा, द्वन्द्व आदि हुन्, तर बजारको कत्ति पनि उल्लेख गरेनन् । यो बदलिएको प्राथमिकताको संकेत हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै