• २०८१ जेठ ४ शुक्रबार

जोनसन र सुनकबीच गोप्य वार्ता

kharibot

लन्डन । बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता  गरेका  छन् ।

पार्टीको बिग्रदो छवि र देशको  अस्थिर राजनीतिक अवस्थाका बीच  प्रमुख नेताहरू बीच भएको वार्तालाई  विशेष चासको रूपमा हेरिएको छ।  दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउँने दौडमा सार्वजनिक भने भएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उहाँहरूको कुनै टिप्पणी बाहिर आएको छैन ।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच  क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दावी गर्दै यसका लागि आफू सक्षम रहेको समेत घोषणा गरेकी छन् । 

"मलाई लाग्छ कि म हाम्रो पार्टीलाई एकताबद्ध गर्न सक्षम छु," ४९ वर्षीया पेनीले बीबीसी सँग कुरा गर्दै उनले सात हप्ता अघि मात्र सम्पन्न भएको अन्तिम नेतृत्व प्रतियोगितामा सुनक र ट्रसबीच नजिकबाट नियालेको र अहिले नेतृत्वका लागि दाबी प्रस्तुत गरेको बताएकी छन् ।

पूर्व प्रधानमन्त्री जोनसन र पूर्व अर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरू बीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ ।

बीबीसीको जनाएअनुसार, सुनकले शुक्रबार पुरानो थ्रेसहोल्ड पार गर्दै अगाडि बढ्नु भएको छ र १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन देखिएको छ । त्यस्तै जोनसनसँगै  १०० मत सुरक्षित रहेको बताइएको छ । 

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन पार्टीको नेतृत्वका लागि औपचारिकरूपमा अगाडि बढ्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलाइत आइपुगेका हुन् । गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले अप्रत्यासितरूपमा राजीनामा दिएपछि  तत्कालीन प्रधानमन्त्री जोनसनले राजीनामा दिएका थिए । 

त्यस्तै जोनसनको क्याबिनेटमा अर्थमन्त्री रहेका ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्रीपदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरेका थिए यद्यपि पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै