• २०८१ जेठ ३ बिहीबार

जुम्लामा बाढीपहिरोले अबरुद्ध राष्ट्रिय प्रशारणलाइन सञ्चालनमा

kharibot

जुम्ला । बाढी पहिरोले अबरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमागर्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ । 

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत सूचारु गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।  

नेपाल विद्युत प्राधिकरण वितरण जुम्लाका प्रमुख नरेशदत्त रावललका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ । आधा महिना बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अध्यारो भएको थियो ।  

नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै