• २०८१ जेठ ३ बिहीबार

न्यालु लेकमा जमेकाे हिउँ पन्छाउन सुरु

kharibot

सुर्खेत । हुम्लाकाे पाँच हजार मिटरमा रहेकाे न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास सुरू भएकाे छ । 

नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानकाे हिउँ फाल्न थालिएकाे हाे ।

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।

यसका लागि सडकमा जमेकाे हिउँ फाल्न सुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताए । 

कति दिनमा हिउँ फालेर सकिन्छ एकिन भने नभएकाे उनले बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । 

१० दिनअघि पनि हिउँ पन्छाउने काेसिस भए पनि सकिएकाे थिएन । अहिले पुनः हिउँ फाल्न थालिएकाे छ ।

 एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेकाे थियो । त्यसयता अन्य लिमी जान सकेका छैनन् ।

न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै