• २०८१ बैशाख २३ आइतबार

तान्जानियामा यात्रुबाहक विमान तालमा खस्यो, उद्धार कार्य जारी

kharibot

काठमाडौँ । तान्जानियाको यात्रू बाहक विमान भिक्टोरिया तालमा मा खसेको छ । यसमा ३९ जना यात्रु थिए, जसमध्ये २६ जनाको उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल लागिएको विमान कम्पनि प्रेसिजन एयरले जनाएको छ ।

तर, बाँकी व्यक्तिको बारेमा भने केही जानकारी आएको छैन ।

तान्जानिया प्रहरीका अनुसार खराब मौसमका कारण विमान लेक अफ भिक्टोरियामा खसेको हो । उक्त विमान उत्तरपश्चिमी सहर बुकोबामा अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको हो । यात्रुको उद्दारका लागि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रिपोर्टका अनुसार दुर्घटना बुकोबा एयरपोर्टबाट १०० मिटरको दूरीमा भएको थियो । विमान तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन्स प्रेसिजन एयर कम्पनीको हो । दुर्घटनापछि कम्पनीले विज्ञप्ति जारी गर्दै उद्धार टोली घटनास्थलमा पठाइएको जनाएको छ । थप जानकारी अर्को दुई घण्टामा जारी गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै