• २०८१ बैशाख २० बिहीबार

एपीएफले जित्यो पिएम कपको उपाधि

kharibot

काठमाडौँ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले  फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

फाइनल खेल विवादका कारण ढिलो गरि शुरु हुदा ४०-४० ओभरमा खेलाइएको थियो । 

आर्मीले दिएको १८० रनको लक्ष्य पछाएको एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ३९ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।

एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थानएको थियो । एपिएफ दोस्रो संस्करण र आर्मी चौथो संस्करणको च्याम्पियन टोली हुन् । योसँगै एपीएफले दोस्रो पटक पीएम कपको उपाधि जितेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै