• २०८१ बैशाख १४ शुक्रबार

विश्वकपमा छनौट हुननसकेपछि जिम्बाबेका कप्तानसहित सम्पूर्ण कोचिंग स्टाफ बर्खास्त 

kharibot

काठमाडौं । विश्वकपमा छनौट हुन् नसकेको जिम्बाबे क्रिकेट बोर्डले कप्तानसहित सम्पूर्ण कोचिङ स्टाफलाई बर्खास्त गरेको छ । 

अन्तिम खेलमा युएईसँग पराजित भएर २०१९ मा हुने विश्वकपमा छनौट हुन् असफल भएको जिम्बाबेले टिमका कप्तान गरिम क्रेमर सहित कोच हिथ स्ट्रीक सहितको कोचिङटिमलाई सस्पेन्ड गरेको छ ।

क्रिकेट बोर्डले शुक्रबार अपराहन्नसम्म इमेल गरेर राजीनामा गर्न भनेपनि कसैले राजीनामा नगरेपछि बर्खास्त गरेको जनाएको छ ।

कोचिंग स्टाफमा मुख्य कोच हिथ स्ट्रीक, ब्याटिंग कोच लांस क्लूजनर, बलिंग कोच डग्लस होंडो, फील्डिंग कोच वाल्टर चावागुटा, फिटनेस कोच सीन बेल र टीम एनालिस्ट स्टानले चिओजालाई हटाइएको छ । यसका साथै अन्डर-१९ टीमका कोच स्टीफन मागोगो र मुख्य छनौटकर्ता टटेंडा टायबूलाई पनि हटाइएको छ ।

बोर्डको निर्णयको जवाफमा पुर्व खेलाडी समेत रहेका प्रमुख कोच हिथ स्ट्रीकले खेलाडी र कोचको रुपमा यतिका बर्ष जिम्बाबे क्रिकेटलाई आफुले गरेको योगदानलाई एउटा इमेलबाट समाप्त पारिएको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना कुरा राख्ने मौका समेत नदिइएको गुनासो गरेका छन् ।

   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै