• २०८१ बैशाख ३० आइतबार

बागलुङ-१ बाट जनमोर्चाका चित्रबहादुर केसी विजयी

kharibot

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट खाता खोलेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ-१ बाट विजयी भएका छन् ।

केसीले नेकपा एमालेका सुर्यप्रसाद पाठकलाई २६२६ मतअन्तरले पराजित गरेका हुन् ।

केसीले २१ हजार ४५१ मत प्राप्त गरे भने पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १७४ मत प्राप्त गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै