• २०८१ बैशाख २२ शनिबार

दाङ- १ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

kharibot

दाङ । दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए । उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरे ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै