कपिलवस्तु । कपिलवस्तु-२ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।
आचार्यले ३९ हजार १४ मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरेका छन् ।
गुप्ता २०७४ को निर्वाचनमा एमालेको चुनाव चिन्हबाट विजयी भएका थिए भने उनी पछि एमालेमै प्रवेश गरेका थिए ।