रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् ।
गृहमन्त्री खाँणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् ।
उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाँणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए ।
बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।