• २०८१ बैशाख १५ शनिबार

बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोज्दा थापाथलीमा तनाव

kharibot

काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको छ ।

महानगरले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।

महानगरले सुकुम्वासी बस्ती हटाउन नगर प्रहरी परिचालिन गरेपछि स्थानीयले ढुंगामुढा गरेका थिए । अहिले स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्थिति तनावग्रस्त बनेपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ । स्थानीयले अहिले पनि नाराबाजी गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै