• २०८१ बैशाख १५ शनिबार

चीनका पुर्व राष्ट्रपति जियाङ जेमिनको निधन

kharibot

काठमाडौँ । चीनका पुर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार जेमिनको ९६ बर्षको उमेरमा बुधबार निधन भएको हो ।

जेमिनको मल्टिपल ओर्गान फेलियरबाट निधन भएको सिन्ह्वाले जानकारी दिएको छ ।

जेमिन १९९३ जुन २४ १९८९ देखि नोभेमब्र १५ २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए भने १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी १९९६ मा नेपाल भ्रमणमा समेत आएका थिए ।

उनको कार्यकालमा चीनले आर्थिक विकास र बजार विस्तारमा उलेख्य सफलता हासिल गरेको मानिन्छ ।

उनकै कार्यकालमा बेलायतबाट हङकङलाई अलग गरिएको थियो भने मकाउलाई पोर्चुगलबाट अलग गरिएको थियो ।

यद्यपी उनको कार्यकालमा चीनमा मानवअधिकार उलंघनका घटना धेरै भएको भन्दै उनको आलोचना पनि भएको थियो ।

उनी पछि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा हु जिन्ताओ आएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै