• २०८१ बैशाख १४ शुक्रबार

एभरेष्ट बैंकद्वारा लालबन्दीमा १२३औं शाखा उद्घाटन

kharibot

सर्लाही । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि श्री आफन्त नेपाललाई रु. ५०,०००/- को चेक समेत हस्तान्तरण गरेको छ । एक समारोहका बिच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन् ।  

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै