• २०८१ बैशाख १४ शुक्रबार

पोर्चुगलसँगै दक्षिण कोरिया राउण्ड १६ मा, उरुग्वे बाहिरियो

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह एचबाट पोर्चुगल र दक्षिण कोरिया राउण्ड १६ मा पुगेका छन् ।

समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दक्षिण कोरियाले १-१ गोलको बराबरी रहेको अवस्थामा खेलको ९१औँ मिनेटमा निर्णायक गोल गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

समुह एचमा पोर्चुगलको ३ खेलमा ६ अंकसहित समुह विजेता भएर राउण्ड १६ मा पुगेको छ भने दक्षिण कोरिया ३ खेलमा ४ अंकसहित उपविजेता हुदै राउण्ड १६ मा पुगेको छ । अब राउण्ड १६ मा दक्षिण कोरियाले  समुह जीको विजेताको सामना गर्ने छ भने पोर्चुगलले समुह जीको उपविजेतासँग खेल्ने छ । 

त्यस्तै यस समुहबाट उरुग्वे र घाना भने समुह चरणबाट बाहिरिएका छन् । उरुग्वेले अन्तिम खेलमा घानालाई २-० गोल अन्तरले पराजित गरेर ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहदै विश्वकप यात्रा टुंगाएको छ  । त्यस्तै घानाको ३ खेलमा ३ अंक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै