• २०८१ बैशाख २२ शनिबार

बाजुरामा काँग्रेसका बद्री पाण्डे विजयी

kharibot

बाजुरा । बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।

मत गणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेर विजयी भएका हुन् । 

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण बहादुर थापाले २६ हजार ३४९ मत प्राप्त गरेका छन् ।

बाजुरामा कुल ८३ हजार ५६७ मतदाता रहेकोमा ६० हजार १५२ मत खसेको थियो । 

मङ्सिर ४ गतेसम्पन्न निर्वाचनका क्रममा झडपका घटना भएका कारण मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशन पछि बिहीबार बेलुकादेखि सुरु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै