• २०८१ जेठ २ बुधबार

मस्कलाई उछिन्दै अर्नाल्ट बने विश्वका धनि व्यक्ति

kharibot

काठमाडौँ । टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक एलन मस्कले विश्वकै धनीको उपाधि गुमाएका छन् । फोर्ब्सको रियल टाइम बिलियनर्स इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्टले उनको स्थानमा लिएका हुन् । उनी अहिले विश्वकै धनी व्यक्ति बनेका छन् । ट्विटरको अधिग्रहण पछि मस्कलाई ठूलो धक्का लागेको छ ।

फ्रेन्च बिजिनेस टाइकुन अर्नाल्ट हाल १८८.६ बिलियन डलरसहित विश्वको धनि व्यक्तिको सूचीमा शिर्ष स्थानमा रहेका छन् ।

५१ वर्षीय एलोन मस्कको सम्पत्ति यस वर्ष अहिलेसम्म करिब १०० अर्ब डलरले घटेको छ । उनको अहिले कुल सम्पत्ति १७६.८ बिलियन डलरमा झरेको छ । फोर्ब्सका अनुसार आर्नाल्टसँग लगभग ७० फेसन र ब्यूटी ब्रान्डहरू रहेका छन् ।

मस्कको लागि यो वर्ष आर्थिक रूपमा खराब रहेको छ । उनको सम्पत्तिको मूल्य ह्वात्तै घटेको छ । हालसालै उनले ४४ बिलियन डलरमा विश्वको अग्रणी माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेका छन् । यसपछि आफ्ना कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण उनी आर्थिक संकटमा परेका छन् । उनको प्रमुख कम्पनी टेस्लाको स्टक यो वर्ष ५० प्रतिशतले घटेको छ ।

फोर्ब्सको धनि व्यक्तिको सूचीको तेस्रो स्थानमा भारतीय व्यापारी गौतम अदानी १३४.७ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै अमेजनका मालिक जेफ बेजोस ११५.७ बिलियन डलरसहित चौथो स्थानमा छन् भने वारेन बफेट १०८.३ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

त्यस्तै बिल गेट्स १०६.९ बिलियन डलरसहित छैटौं, लेरी एलिसन १०२.९ बिलियन डलरसहित सातौं स्थानमा रहेका छन् ।

त्यस्तै भारतका मुकेश अम्बानी ९२.५ बिलियन डलरसहित आठौ स्थानमा छन् भने लारी पेज ८३ बिलियन डलर सहित नवौं र स्टिभ बाल्मेर ८२.८ बिलियन डलरसहित दशौँ स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै