• २०८१ बैशाख ३० आइतबार

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी विवाह विधेयकलाई कानुनको रूप दिएका छन् । उनले यो विधेयकमा हस्ताक्षर गरेका छन् ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार यो विधेयकमा हस्ताक्षर भएसँगै अब अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता हुने छ । अर्को शब्दमा, समलिङ्गी विवाह गलत हुनेछैन । सन् २०१५ मा सर्वोच्च अदालतले देशभर प्रतिबन्ध लगाएको थियो ।

यस क्रममा बाइडेनले भने- अमेरिकी नागरिकहरू लामो समयदेखि यो क्षणको प्रतीक्षा गरिरहेका थिए । समानता र न्यायको पक्षमा रहेकाहरूले कहिल्यै हार मानेनन् र यो क्षण उनीहरूका लागि महत्त्वपूर्ण छ । जब डेमोक्र्याट र रिपब्लिकन निर्णय गर्न एकसाथ आउँछन्, तब मात्र यस्ता दुर्लभ निर्णय हुन्छन्  । समलिङ्गी विवाह विधेयकको कार्यान्वयन यस्तो अवसर हो ।

अमेरिकी सिनेटमा विधेयक पारित गर्न १०० मध्ये ६१ सदस्यको मत आवश्यक थियो । जसमध्ये ११ रिपब्लिकन सांसदले पनि समर्थन गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रेम भनेको प्रेम हो भन्दै प्रत्येक व्यक्तिलाई माया गर्ने अधिकार रहेको बताएका छन् । विवाह गर्ने र कोसँग विवाह गर्ने भन्ने निर्णय मानिसहरू आफैले गर्न सक्ने बताउदै बाइडेनले अमेरिकामा बस्ने प्रत्येक नागरिकलाई आफूले माया गरेको व्यक्तिसँग विवाह गर्ने अधिकार रहेको बताएका छन् ।

३२ देशमा समलिङ्गी विवाहको अधिकार  

समलिङ्गी विवाहको कानुनी अवस्थाको बारेमा कुरा गर्दा, विश्वमा ३ प्रकारका देश छन्, पहिलो समलिङ्गी विवाहलाई अनुमति दिने देश, 

दोस्रो देशहरू जहाँ समलिङ्गी सम्बन्धहरूलाई अनुमति छ, तर समलिङ्गी विवाहलाई अनुमति छैन, तेस्रो समलिङ्गी सम्बन्ध र समलिङ्गी विवाह दुवै प्रतिबन्धित देश ।

द गार्डियनको रिपोर्टका अनुसार विश्वका १२० देशमा समलैंगिकतालाई अपराध मानिएको छैन, तर हाल ३२ देशमा मात्रै समलिङ्गी विवाहलाई अनुमति दिइएको छ। यसको मतलब संसारमा ८८ देशहरू छन् जहाँ समलिङ्गी सम्बन्धलाई अनुमति छ तर समलिङ्गी विवाहलाई अनुमति छैन । 

२००१ मा, नेदरल्याण्डस समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वको पहिलो देश थियो । यसबाहेक यमन, इरानलगायत विश्वका १३ देश छन्, जहाँ समलिङ्गीसँग विवाह गरेपछि पनि मृत्युदण्ड दिइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै