काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत शुक्रबारको खेलको एक इनिंग केबल ३५ बलमा सकिएको छ ।
सिड्नी ठण्डरको इनिंग केवल ३५ बलमा १५ रन बनाउदा सबै १० विकेट गुमेपछि सकिएको हो ।
एडीलेड स्ट्राइकरले दिएको १४० रनको लक्ष्य पछाएको सिड्नीले ३५ बल खेल्दा सबै विकेट गुमाएको थियो ।
सिड्नीका लागि ब्रेनडन डोगेटले सर्बाधिक ४ रन बनाएका थिए भने रिली रोस्सोउले ३, एलेक्स रोजले २ रन बनाएका थिए । त्यस्तै सिड्नीका ५ खेलाडी शुन्यमा आउट भएका थिए ।
त्यसैगरी एडिलेडका बलर हेनरी थोर्नटनले ५ विकेट लिएका थिए भने वेस अगरले ४ र माथ्यु शर्टले एक विकेट लिएका थिए । यो खेल एडिलेडले १२४ रनले जितेको छ ।
यो टी-२० क्रिकेटको अहिलेसम्मकै सबैभन्दा कम रन हो । यसअघि कुनै पनि टी-२० क्रिकेटमा एउटा टिम सबैभन्दा कम २१ रन मा अलआउट भएको थियो । २०१९ मा टर्की चेक रिपब्लिकविरुद्ध २१ रनमा अल आउट भएको थियो ।