• २०८१ जेठ ४ शुक्रबार

विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?

kharibot

मुम्बई । अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् ।

अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको फाइलनमा दीपिकाले लुसेल स्टेडियममा पूर्व स्पेनिस गोलकिपर इकर कासिलासका साथ फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन् ।

यो ट्रफी अनावरण गर्ने दीपिका पहिलो ग्लोबल स्टार हुन् । अहिले दीपिकालाई यो ट्रफी अनावरण गर्न किन छनोट गरियो भन्ने विषयमा सर्वत्र चासो छ । धेरैले दीपिका आफ्नो फिल्म ‘पठान’को प्रमोसनका लागि त्यहाँ पुगेको बताए पनि त्यो दाबी गलत भएको छ ।

यो ट्रफी करिब ६ दशमलब १ सय ७५ केजीको थियो । जुन १८ क्यारेट सुनबाट बनाइएको थियो । यो ट्रफीलाई विशेष व्यक्तिले मात्र छुन पाउँछन् । यो ट्रफी केस इन्टरनेसनल लग्जरी ब्राण्ड लुई विटोनले डिजाइन गरेको हो । दीपिका यसको ब्राण्ड एम्बासेडर हुन् । यहीकारण दीपिकाले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै