• २०८१ जेठ ४ शुक्रबार

मारियाले खुट्टामा खोपे विश्वकप ट्रफीको टाटु

kharibot

काठमाडौँ । अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले आफ्नो खुट्टामा विश्वकपको ट्रफीको टाटु खोपेका छन् ।

मारियाले टाटु खोपेको तस्बीर र भिडियो सार्बजनिक भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

३४ बर्षिय मारियाले फ्रान्सविरुद्ध फाइनलमा उत्कृष्ट खेल खेलेका थिए । मारियाले आफ्नो दाहिने खुट्टामा विश्वकप ट्रफीको टाटु खोपेका हुन् ।

फाइनलमा मारियाले अर्जेन्टिनाको दोस्रो गोल गरेका थिए ।

लियोनेल मेसीसँगै अन्तर्राष्ट्रिय फुटबलमा क्यारियर शुरु गरेका मारियाले मेसीसँगै यू-२० विश्वकप, ओलम्पिक गोल्ड मेडल, कोपा अमेरिका र विश्वकप जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै