• २०८१ बैशाख १५ शनिबार

शीतल निवासतर्फ लागे ओली र प्रचण्ड

kharibot

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् ।

राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् । 

राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन् । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय