• २०८१ जेठ ४ शुक्रबार

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना, युवतीको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका - १ की कल्पना नेपाल रहेकी छिन् ।  उनको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सुन्दरीजलबाट आर्खेनीतर्फ जाँदै गरेको बा५ख ७३ ०९ नम्बरको मिनी ट्रक तीव्र गतिका कारण हिजो बेलुकी ७ बजे सडकबाट करिब तीन फिट तल खसको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै